प्रतिनिधिसभाको बैठक १८ पुससम्म स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक १८ पुससम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् ।

संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ । बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८  र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो । 

चालू अधिवेशनको दुईवटा बैठकमा जस्तै बुधबार बसेको बैठकमा पनि एमाले सांसदले नाराबाजी कायम राखेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदले नवौँ अधिवेशनदेखि नै बैठकमा नाराबाजी कायम राख्दै आएका छन् । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);