भण्डारी दम्पती जाे दैनिक पाँच सय कप चिया बेच्छन् | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

भण्डारी दम्पती जाे दैनिक पाँच सय कप चिया बेच्छन्

जुम्ला । चन्दननाथ नगरपालिका-२ का ६७ वर्षीय काशीराम भण्डारीले चिया पसलबाटै मनग्ये आम्दानी गरिरहेका छन्। भण्डारी दम्पतीले झन्डै २० वर्षदेखि चिया पसल सञ्चालन गर्दै आएकाे छ । उनीहरू नगरपालिकामै प्रेरणाको स्रोत बनेका छन् । चिया पसलकाे कमाईबाटै उनले छोरीलाई अनमी पढाएका छन् ।

उनको पसलमा चिया खान ग्राहकको भिड लाग्ने गरेको छ । एक दिनमा पाँच सयभन्दा बढी कप चिया बिक्री हुने गरेको भण्डारीले बताए । चिया खान ग्राहकहरू झिसमिसेमै आउने गरेकाे उनी बताउँछन् । दैनिक ६० लिटर बढी दूधको चिया पकाउने गरिएको  उनले सुनाए ।

चिया पसलकाे कमाईबाटै स्याउ बगैंचा स्थापना गरेकाे भण्डारीले बताए । बगैंचामा उत्पादित स्याउबाट वर्षेनी एकदेखि डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको उनकाे भनाइ छ ।  पछिका लागि भनेर भण्डारी दम्पतीले दैनिक एक सय ५० रुपैयाँ बचत गर्ने गरेका छन् ।  चिया पसलकाे कमाईले कान्छी छोरीलाई अनमी पढाएको र अन्य छोराछोरीलाई पनि सहयोग गरिरहेको देवीकन्या भण्डारीले बताइन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);