५ महिनामै भ्रष्टाचारका ९ सय १७ वटा उजुरी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

५ महिनामै भ्रष्टाचारका ९ सय १७ वटा उजुरी

हेटौंडा । हेटौंडा स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ को सुरुवाती ५ महिनामै भ्रष्टाचारका ९ सय १७ वटा उजुरी परेको छ । राज्य पुनसंरचना पश्चात संघीय शासन प्रणालीमा आएपनि संघ, प्रदेश र स्थानीय तहमा सुशासन र पारदशिताको कमीले गर्दा आर्थिक वर्ष २०७८/०७९ को सुरुवाती ५ महिनामै भ्रष्टाचारका ९ सय १७ वटा उजुरी परेको कार्यालयले बताएको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा जम्मा ९ सय २९ वटा मात्र उजरी परेको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ११ सय ७६ वटा उजरी परेको थियो । यसवर्षको मंसिर २० गतेसम्म परेको उजरीहरु मध्ये सबैभन्दा वढी स्थिानिय तहमा ४ सय ४४ वटा रहेको छ भने स्थिानिय तहकै शिक्षा तर्फ १ सय ६४ वटा उजरी परेका छन ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ६८ वटा , भुमीको ६५ वटा छ भने भौतिक पुर्वाधार मन्त्रालयको २० वटा परेको कार्यालयका सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले बताउनभयो । जनतासँग निकट सम्र्पकमा रहने स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै गएको सापकोटाले बताउनभयो ।

भ्रष्टाचार संसारमा नयाँ घटना नभएता पनि शताब्दी देखी यसले समाजमा जरा गाड्दै आएको छ भने नेपाली समाजमा पनि यसले नराम्ररी छाप पारेको अख्तियारको तथ्याङ्गले पुष्टि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);