काठमाडौँ । लामो समय सम्म सहमतिमा नै कार्यसमितीको टुंङ्गो लगाउने भनेर एमालेमा नेताहरु छलफलमा जुटेपनि अध्यक्ष सहित विभिन्न पदमा भने चुनाव हुने भएको छ । अध्यक्ष पदमा केपी शर्मा ओली र भिमराव विच सहमति हुन नसकेपछि चुनाव हुने भएको छ ।
केपी शर्मा ओली र भिमरावलले निर्वाचन आयोगमा पुगेर अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान उनीहरुले दसौं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् भने रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट रहेका छन् ।