सीताको अर्धशतकमा कतारलाई नेपालको विशाल योगफल | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

सीताको अर्धशतकमा कतारलाई नेपालको विशाल योगफल

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले तेस्रो टी–ट्वान्टी खेलमा कतारसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेका  थियो ।

नेपालका लागि ओपनर सीता राना मगरले अविजित ८२ रन बनाइन् । त्यस्तै ज्योती पाण्डेले २४ रन बनाइन् । कतारकी बलर साक्षी, अलिसा र एन्जिलन मरेले समान एक विकेट लिइन । नेपालले यसअघि तीन खेलको शृंखला आफ्नो पक्षमा २–० ले पारिसकेको छ ।

नेपाल पहिलो खेलमा मंगलबार ११९ र दोस्रो खेलमा बुधबार ६१ रनले विजयी भएको थियो । कतारविरुद्ध नेपाल तेस्रो खेल जित्दै शृंखला ‘क्लिन स्वीप’ गर्ने योजनामा छ । नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);