काठमाडौं, २१ कार्तिक । काठमाडौंमा मागअनुसार तरकारी आपूर्ति हुन नसकेपछि मूल्य दोब्बर बढेको छ। दशैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि मूल्य आकाशिएको हो। सर्वसाधारणको भान्सादेखि पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य दशैंअघिको तुलनामा दोब्बरले बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका वरिष्ठ अधिकृत मनोज धितालले सामान्यतया काठमाडौंमा दैनिक सातसय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेको बताए। अहिले त्यसको ५० प्रतिशतमात्रै आपूर्ति भएकाले मूल्य आकाशिएको उनले जानकारी दिए। – आजको नागरिक दैनिकबाट