काठमाडौं, २० कार्तिक । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
आयोगले समानुपातिक तर्फको सवै र प्रत्यक्ष तर्फ पनि पहिलो चरणमा चिर्वाचन हुने जिल्लाका मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनको तयारी अन्तरगत अहिले आवश्यक सामाग्री मतदान केन्द्रसम्म लौजाने काम भइरहेको जानकारी दिनुभयो । उनले करिब ७५ प्रतिशत काम सम्मपन्न भएको बताए ।
उनले निर्वाचन कार्यतालिका अनुसार नै काम भइरहेको भन्दै मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन कार्यक्रम स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्मपन्न गराउन आयोग प्रतिबद्ध रहेको बताए ।