सुनचाँदीको मूल्य बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएकोमा आइतबार दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो ।

आइतबार छापावाल सुन प्रति १० ग्राम ८१ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ६७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

आइतबार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँ बढेको छ ।  चाँदीको मूल्य प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ११० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);