सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना, ९४ जनाको जलेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना, ९४ जनाको जलेर मृत्यु

aago le jalne mahila

एजेन्सी । सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको बिस्फोटमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ। बिस्फोटमा दर्जनौं मानिस घाइते भएका छन् । लरीसँग ठोकिएपछि टयांकरको इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले वरपरका मानिस र सवारी साधनमा सल्किएको थियो।

ट्याकरनजिक मानिसहरुका डढेका शव छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्यांकर ठोकिएपछि भएको आगोलागीबाट ठूलो मानवीय क्षति भएकोप्रति राष्ट्रपति जुलियस मादा बायोले  गहिरो दुःख व्यक्त गरेका छन् । 

दुर्घटनापछि जलेर १०० भन्दा बढी मानिसको ज्यान गएको फ्रीटाउनका मेयर वाइभोन  सवेरले बताएका छन् ।  फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जनाको उपचार भइरहेको बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);