जीवनबहादुर शाहीले कर्णाली मुख्यमन्त्री शपथ लिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जीवनबहादुर शाहीले कर्णाली मुख्यमन्त्री शपथ लिँदै

सुर्खेत । नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले मंगलबार राति साढे ८ बजे मुख्यमन्त्रीको शपथ लिँदै छन् । आजै दिउँसो नै शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । तर, नाम भने टुंगो लाग्न बाँकी छ । 

मन्त्रालय भागबण्डामा दलहरूबीच मतभेद रहेकाले उनले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेका हुन् । कांग्रेसले मुख्यमन्त्रीसहित दुई, माओवादी केन्द्रले चार, नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालयको दाबी गरिरहेका छन् । तर, सांसद संख्याको आधारमा कांग्रेसले मुख्यमन्त्रीसहित एक, माओवादीले चार र एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने गरी छलफल भइरहेको एक सांसदले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);