एमाले अवराेध कायमै, प्रतिनिधिसभा बैठक २९ कात्तिकसम्म स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

एमाले अवराेध कायमै, प्रतिनिधिसभा बैठक २९ कात्तिकसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २९ कात्तिकसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाइएको थियो भने राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन ०७७/७८ पेस गरिएको छ ।

साथै प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत गरिएको छ । बिरामी भएर स्वास्थ्य लाभ गरे र उपचार गराइरहेका सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृत गरेको बैठकमा सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल १३ पटक, कर्मा घले १३ पटक र प्रदीप गिरी पनि १३ पटक बैठकमा अनुपस्थित रहेकाे जानकारी दिए । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);