५ वर्षमा पनि पूरा हुन सकेन नख्खुखोला–भैंसेपाटी–स्रोहखुट्टे–बुङमति सडक (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

५ वर्षमा पनि पूरा हुन सकेन नख्खुखोला–भैंसेपाटी–स्रोहखुट्टे–बुङमति सडक (एक रिपोर्ट)

काठमाडौं । उपत्यकाको ‘भीआईपी’ बस्ती भनेर चिनिने भैंसेपाटी जाने सडक, जहाँ राजनीतिक दलका प्रभावशाली नेता, पूर्वमन्त्रीहरू, विभिन्न देशका राजदूत तथा नीति निर्मातासमेत दैनिक ओहोरदोहर गर्छन् । त्यही भीआईपी बस्ती जाने बाटोमा हिँड्नो यात्री सास्ती खेप्नुपर्ने बाध्यता छ । लामो समयसम्म सडक विस्तार र मर्मत नहुँदा स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।

ललतिपुरको भैसेपाटी सडक विस्तारको कामले गती लिन नसक्दा उक्र सडक भएर हिड्ने सवारीसाधन र स्थानिय आजित बनेका छन् । नख्खुखोला–भंैसेपाटी–स्रोहखुट्टे–बुङमति सडक ठेक्का लागेको ५ वर्ष भइसक्यो तर सडक बिस्तार र सहज हुनपर्ने झनै बिग्रिएको छ । वर्षा लागे हिलो र हिउँद लागे धुलोको मार त्यस क्षेत्रका बासिन्दाले वर्षैदेखि खेप्न बाध्य भएका छन् । जसका कारण स्थानीयहरु सरकार र ठेकेदार प्रति आक्रोसित बनेका छन् ।

भैसेपाटी पछिल्लो समय भीआइपी बस्ने बस्तीका रुपमा चिनिदै गएको छ तर त्यहाँ पुग्ने सडकले भने वर्षेदेखि गिज्याँई रहेको छ । यहाँ पूर्व मन्त्रीहरु र भिआईपिहरु बस्ने गर्दछन । म्यानमारको राजदूतावा कतार र इजिप्टको दूतावास पनि यही बाटो भएर जानुपर्छ । त्यहि बाटो भएर पूर्वमन्त्री तथा राजनितिकदलका नेताहरु आउजाउ गर्ने गर्दछन । तर चिल्लो कारमा सिसा बन्द गरेर हिड्ने मन्त्री तथा नेताहरुले सो सडक लाई देखे पनि नदेखे जस्तै नजर अन्दाज गरीरहेका हुन् तर शास्ती भने जनताले खेप्छन् ।

सडक विस्तारका नाममा स्थानियले सरकारलाई धेरै घचघचाए तर सरकारले नसुन्दा धुलो खाएर बस्न विवस छन् भैसेपाटीवासी । अर्थमन्त्री रहेको समयमा विष्णु पौडेलले ठेक्का लगाउने सरकारी निकायका प्रतिनिधिहरूलाई छिटो काम सक्न निर्देशन दिएपनि काम हुन सकेन । राष्ट्रिय राजनीतिका प्रभावशाली व्यक्तिहरू बस्ने ठाउँको बाटोको यो विजोगले स्थानीयलाई आक्रोशित बनाएको छ । ३० करोड लागतमा बिस्तार हुन लागेको यो सडकको दुर्दशाले गिज्याई रहेको भान हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);