काठमाडौं, १८ कार्तिक । प्रदेश र प्रतिनिधि सभाको बन्दसूचीतर्फ विवेकशील साझाले सिफारिस गरेको (२५ जनाको नाम) बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ। अधिकांश महिलालाई समावेश गरीएको सूचीमा स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको निर्वाचनमा उपमेयरमा लडेकी निरूपमा यादवको नाम समावेश गरिएको छ भने मेयरमा लडेकी रञ्जु दर्शनाको नाम राखिएको छैन।
काठमाडौं उपत्यकामा स्थानीय चुनावमा भाग लिएर राम्रो भोट पाएका नेताहरूलाई उसले बन्दसूचीमा स्थान दिएको हो। बन्दसूचीमा रमेश महर्जन, प्रकाशचन्द्र परियार, मुमाराम खनाल लगायतको नाम छ। विवेकशील साझा पार्टीले उमेदकुमार पुन शेरपुञ्जा, प्रतिभा डंगोल, प्रमोद बारघरे, सुनिता कर्माचार्य श्रेष्ठ, जानुका तामाङ, राम तपस्या कुमार साह, खुश्बु शर्मा लगायतको नाम बन्द सूचीमा राखेको छ।
प्रदीपकुमार यादव, अरूण चौधरी, गौरी कुमारी चौधरी, गेहेन्द्रप्रसाद दाहाल, रेशु अर्याल ढुंगाना, विमला पन्त (ओझा) सोनिका लामा केसी, ऋचा थापा, शुदर्शन धिताल, हर्कबहादुर पुजारा, शोभिता परियार, राधिका दर्जी र सवनम जहां पनि बन्दसूचीमा छन् ।




