दशै मनाएर नेपालीहरुको मन जीतको भन्दै चिनियाँ राजदूत होउ यान्छीको चर्चा चुलियो, नेपालको धर्म सस्कृति र परम्पराको सम्मान गरेर सम्बन्ध थप मजबुद बनाएको भनाइ ।
पछिल्लो समय नेपाली धर्म, सस्कृति र परम्परामाथि चौतर्फी रुपमा आक्रण भइरहेको बारे चिन्ता बढेको छ। सदियो देखि एक आपसमा मिलेर बसेका नेपालीहरुलाई अधिकारको नाममा एक अर्काविरुद्ध भड्काउने काम, देसि विदेसी तत्वहरुबाट खुलेआम भइरहेको छ।
राज्यसत्ता सञ्चालनमै पुगेका केहि महत्वपुर्ण व्यक्तिहरुले समेत विभिन्न चाड पर्व बहिस्कार गरेका छन। यस्तो अबस्थामा नेपालका लागि चिनिया राजदुत होउ यान्छीले बडादशै बनाएको बारे यान्र्छीको चर्चा चुलिएको छ। बौद्ध धर्म मान्ने यान्छीले नेपाली हिन्दुहरुको महान पर्व बडादशै मनाएर धेरै नेपालीको मन जीतेकि छिन।
उनको यो कदमबाट आफ्नो धर्म, सस्कृति र परम्परा छोडने नेताहरुले सिक्न जरुरी छ । किनकि जनताको बीचमा काम गर्नेहरुले जनभावना बुझन जरुरी छ । यान्छीले मनाएको दशैले यहि सन्देस दिएको छ ।
दशै भन्ने वितिक्कै अधिकांश नेपालीहरुको सबै भन्दा ठूलो पर्व भन्ने बुझीन्छ। बडादशैको रौनक र माहोल नै गजबको देखिन्छ। दशै तिहार र छठ लगायतका पर्वहरु एक पछि अर्को गरि आउछन। यो समय भर जता ततै खुसीयाली देखिन्छ।
मानिसहरु एक अर्कासँग खुलेर बोल्ने, भेट्ने र बर्षभरि मन मुटाव भएकाहरुसँग सम्बन्ध सुधार गर्ने अवसरका रुपमा पनि दशैलाई लिन्छन। मान्यजनबाट टिका थापेर जमरा लगाउदै आर्सिवाद लिने पर्व दशैले समाजीक एकतालागि अहम भुमिका खेलेको छ।
पछिल्लो समय सर्वसाधारण देखि नेता र प्रधानमन्त्ती तथा राष्ट्रपति सम्मले बडा दशै मनाएका तस्बीरहरुको चर्चा समाजीक सञ्जालमा चुलिएको छ। यसबीचमा धेरै चर्चा भने नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैँ मनाएको बारे छ।
नेपाल स्थित चिनियाँ दूतावासमा यान्छीले नेपाली कर्मचारीहरुलाई रातो टीका र जमरा लगाएर दसैँ मनाएकी हुन्। सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै उनले लेखेकी छन् मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुशी छु। सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु। उनको यो छोटो सन्देशले धेरै नेपालीको मन जितेको छ।
पछिल्लो समय केहि शिर्ष नेताहरुले समेत दशै नमाउने घोषणा गरेर आफुलाई क्रान्तिक्रारी देखाउन खोजेको वेला नेपालका लागि चिनिया राजदुत यान्छीले बडादशै मनाएर भ्रातृत्व विस्तारको कदम चालेकि छन।
उनले दशै मनाउनु यस कारण ठूलो कुरा हो कि, यान्छीले आफु जुन देशमा आएकी छिन त्याँहाको धर्म सस्कारलाई सम्मान गरिन। नेता होस वा कर्मचारी जुन जनताका लागि काम गर्छन उनीहरुको भावना बुझ्न जरुरी छ। क्रान्तिकारी कुरा विकास र सम्बृद्धका लागि धेरै राम्रो हो तर आफ्नो धर्म, कर्म, परम्परा र सस्कार नै छोडेर महान बन्न खोज्दा जनताबाट नेतृत्व टाढा हुने गर्छ।
उसो त नेपालका लागि चिनिया राजदुती यान्छीको गणना चतुर कुटनीतिज्ञमा हुन्छ। उनले नेपालका लागि राजदुत भएर आएपछि नेपाली भाषामा नृत्य गर्ने देखि नेपाली पोषाकमा विभिन्न पर्यटकीय र धर्मीक स्थलमा गएर फोट सुट गरेर चर्चा नेपालको पर्यटन प्रबर्दनमा समेत भुमिका खेलेकि छिन।
एउटा कुटनीतिज्ञले गर्ने यो उत्कृष्ट कार्य मानिन्छ। नेपालको धर्म सस्कृति र परम्परामाथि चौतर्फी रुपमा आक्रमण भइरहेको वेला यान्छीले नेपाली कला, धर्म सस्कृति र परम्परालार्य गरेको सम्मान मनन योग्य छ।
नेपालमा राजदुत बनेर आउने अनि यहाँको कार्यकारी जस्तै भुमिकामा बस्न खोज्ने केहि राजदुतहरुले यान्छीबाट कुटनीतिक मर्यादा सिक्न सक्छन्https://youtu.be/pWw_i7msBQo।