आज पनि मान्यजनको हातबाट दशैँको टीका र जमरा लगाइँदै | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

आज पनि मान्यजनको हातबाट दशैँको टीका र जमरा लगाइँदै

काठमाडौं । आज पनि मान्यजनको हातबाट दशैँको टीका र जमरा लगाइँदैछ ।

विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज दोस्रो दिन पनि टीका लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने प्रचलन छ ।

बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ । खोप लगाउनेको संख्या बढ्दै गएको तथा संक्रमण पनि घट्दै गएपछि सरकारले यसपटक दशैँलगायतका चाडबाडमा विगतमा जस्तो कडिकडाउ गरेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);