माइत जान हिँडेकी रामकली खत्री मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

माइत जान हिँडेकी रामकली खत्री मृत अवस्थामा फेला

सुर्खेत । असोजसल्यानमा माइत जान हिँडेकी महिला मृत अवस्थामा फेला परेकी छन् । सल्यान बागचौर नगरपालिका-२ गैरी निवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री शनिबार साँझ मृत अवस्थामा फेला परेकी हुन् । 

शनिबार करिब साढे ४ बजे माइती जान्छु भनेर घरबाट निस्किएको र घरदेखि करिब एक किलोमिटरको दूरीमा ठाटीचौरको कच्चीबाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिए । 

घटना शंकास्पद हुन सक्ने भन्दै अनुसान्धानका लागी कोहलपुरबाट तालिमप्राप्त कुकुर ल्याउन लागेको डिएसपी थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply