सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका–७ वाकुबाटएक सातादेखि सम्पर्कविहीन एक माइक्रोफाइनान्समा कार्यरत कर्मचारीको खोजीका लागि प्रहरी परिचान भएको छ ।
एनएमवी माइक्रोफाइनान्स लिमिटेड सोताङमा कार्यरत २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबारदेखि बेपत्ता भएपछि जिल्ला प्रहरी प्रमुख डिएसपी कवित कट्वाल नेतृत्वको टोली परिचालन भएको हो । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी कार्की शुक्रबार अपराह्न साढे चार बजेदेखि सम्पर्कविहीन भएकी हुन् ।
कार्की मासिक बैठक सञ्चालनका लागि माप्य दुधकोशी गाउँपालिका–६ र ७ वाकुमा दुई जना कर्मचारीसँगै गएको भएपनि सोलाबनबाट हाकुला जाने क्रममा छुट्टिएपछिको अवस्था अज्ञात बनेका प्रहरीले जनाएको छ ।
अहिले त्यस क्षेत्रमा डिएसपी कठ्वालसहित प्रहरी चौकी वाकु, इलाका प्रहरी कार्यालय सोताङ, स्थानीयवासी तथा पावैबाट आएका घरपरिवारले खोजी थालेका छन् ।