तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ४ हजार ८ सय ८३ जनालाई मास्क वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ४ हजार ८ सय ८३ जनालाई मास्क वितरण

काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख १० हजार ४ सय ९९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

सो क्रममा देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५६ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ३ सय ६० जनालाई सचेत गराइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);