कर्मचारीले टेर्नै छाडे कुलमानलार्इ ! | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

कर्मचारीले टेर्नै छाडे कुलमानलार्इ !

kulman

काठमाडौं, १२ कार्तिक । नेपाल विद्युत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोजनास्थलमै आई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिकांश प्रमुखले बेवास्ता गरेका छन्। जलविद्युत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण आयोजनास्थलमा प्रमुख नजानुलाई लिईएको छ।

आयोजनास्थलमै बसेर काम गर्नुपर्ने प्रमुखहरु विभिन्न बहाना बनाई राजधानीमै बस्ने गरेका छन्। केही महिनायता प्राधिकरणले प्रमुखहरुलाई आयोजनास्थलमा जान पटकपटक निर्देशन दिईसकेको छ।

प्राधिकरणका सहायक कम्पनीमार्फत सञ्चालित जलविद्युत उत्पादन तथा प्रसारण लाईन आयोजना प्रमुखलगायत कर्मचारीलाई अयोजनास्थलमै बस्न पटकपटक आग्रह गरेको हो। तर आयोजना प्रमुखहरू कार्यकारी प्रमुख कुलमान घिसिङको निर्देशन अवज्ञा गर्दै आएका छन्। त्यस्तो क्षेत्रमा नगइ आफूलाई पायक पर्ने स्थानमा बस्दै आएका छन्। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);