मतदानबाट वञ्चित हुँदै पाँच लाख कर्मचारी र सुरक्षाकर्मी | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

काठमाडौं, १२ कार्तिक। आसन्न प्रदेश र प्रतिनिधिसभा निर्बाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट बञ्चित हुने भएका छन्। निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, म्यादी प्रहरीको अस्थायी मतदाता नामावलीको व्यवस्था नभएकाले उनीहरुले समानुपतिक निर्बाचनमा समेत मतदान गर्न पाउने छैनन्।

निर्बाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मीका लागि अस्थायी मतदाता नामावलीको व्यवस्था गर्ने, नगर्नेबारे अन्तिम निर्णय भने गरिसकेको छैन् । प्रदेश र प्रतिनिधीसभाको मतपत्र एउटै भएका कारण अस्थायी मतदाता नामावलीको व्यवस्था गर्न सम्भव नभएको आयोगका एक आयुक्तले जानकारी दिए।

उनका अनुसार फरक फरक प्रदेशबाट मतदान गर्नुपर्ने अवस्थामा प्रदेश सभाको समानुपातिकको मतमा समस्या हुन्छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);