धान विज्ञ भोलामान सिंह बस्नेतको निधन | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

धान विज्ञ भोलामान सिंह बस्नेतको निधन

काठमाडौं । धान विज्ञ भोलामान सिंह बस्नेतको निधन भएको छ । कोरोना संक्रमणबाट उनको ७१ वर्षको उमेरमा निधन भएको हो ।

ओम अस्पतालमा उपचारका क्रममा बस्नेतको निधन भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का किट वैज्ञानिक सुदिपकुमार उपाध्यायले जानकारी दिए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मालामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा उनले सेवा पु¥याएका थिए । सेवानिवृत्त भएपछि बस्नेत अन्तर्राष्ट्रिय धानबाली अनुसन्सधान केन्द्र (ईरी) का अनुसन्धानमा संलग्न थिए ।

नेपालमा हिउँदै धान खेतीको सुरुवात तथा असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको मूख्य भूमिका थियो ।

बस्नेतले नार्कबाट विकासित भएका प्रविधिकहरुलाई किसानसम्म पु¥याउन महत्वपूर्ण योगदान पु¥याएको नार्कले जनाएको छ ।

Leave a Reply