निर्वाचन आयोगले ग¥यो ४१ दलको दर्ता खारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

निर्वाचन आयोगले ग¥यो ४१ दलको दर्ता खारेज

nirwachan ayog

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ । मंगलबार बसेको निवार्चन आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखपरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाएने विभिन्न ४१ राजनीतिक दलहको दर्ता खारेज गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको छ ।

ती दलहरुको दर्ता खारेजी बुधबारदेखि नै लागु हुने आयोगले जनाएको छ । खारेज भएका राजनीतिक दलहरुको नाम, झण्डा, चिन्ह दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने पनि आयोगले जनाएको छ ।

आयोगमा दर्ता भएका एक सय ३६ दलमध्ये ४१ दलको दर्ता खारेज भएपछि आयोगमा ९५ दलको मात्र दर्ता कायम रहेको विज्ञप्तिमा उल्लेख छ । दल दर्ता खारेज भएका ४१ राजनीतिक दलका केन्द्रिय पदाधिकारी र सदस्यहरूको नाम नामे सहितको विवरण छुट्टा छुट्टै तयार गरी निजहरूबाट आयोगबाट प्रत्येक राजनीतिक दललाई तोकिएको जरिवाना रकम रू पचास हजार सरकारी बाँकी सरह असुल उपर गर्न कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाडौंमा लेखी पठाउने पनि आयोगको आजको बैठकले निर्णय गरेको छ ।

जरिवाना रकम असुल उपर नभएसम्मको अवधिको लागि खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू आयोगमा दर्ता कायम रहेका अन्य राजनीतिक दलको पदाधिकारी बन्न नपाउने व्यवस्थाका लागि नयाँ दल दर्ता हुँदा र कायम रहेका दल अद्यावधिक गर्दाका बखत नाम ठेगाना भिडाई मात्र कानून बमोजिम अग्रिम कारबाही प्रक्रिया अगाडी बढाउने समेत निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);