प्रदिप ढुंगाना,
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानी बाट ६५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।
मनहरीबाट हेटौंडा तर्फ जादै गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियोमा लुकाएर ल्याईएको गाँजासहित चालक भरतपुर महानगरपालिका वडा नम्बर २० चनौलिका ३८ बर्षिय रोशन परियार र मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का ४३ बर्षिय ललित तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक तथा प्रवत्ता जयश्वर रिमालले जानकारी दिए ।