संविधानको प्रावधानमा थुप्रै अस्पष्टता रहेको राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेलको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

संविधानको प्रावधानमा थुप्रै अस्पष्टता रहेको राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेलको टिप्पणी

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौडेलले संविधानको प्रावधानमा अस्पष्टता भएको टिप्पणी गरेकी छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्रतिनिधिसभा विघटनको सवालमा अदालतमा भएको लामो कानून व्यवसायीले गरेका बहसहरु हेर्दा संविधानको प्रावधानमा थुप्रै अस्पष्टता रहेको बताएकी हुन् । उनले सर्वोच्चको १ सय ६५ पृष्ठ लामो व्याख्यासहितको प्रतिवेदन आएकोबाट संविधानको प्रावधानमा धेरै अस्पष्टता र विरोधाभाष भएको टिप्पणी गरिन् ।

विरोधाभाषलाई व्याख्या गर्दै यसलाई समृद्ध बनाउनु पर्ने र सुदृढ गर्नुपर्ने आवश्यक्ता रहेको सांसद विमलाले बताईन् । संविधान कार्यान्वयनको पहिलो चरणमै रहेको भन्दै उनले पाँच वर्षमा संविधान कार्यान्वयन गर्दै जाँदा यस्ता धेरै अस्पष्टता आउने भएकोले यसमा काम गर्नुपर्ने बताईन् ।

उनले दलको ह्वीप लाग्ने-नलाग्ने भन्नेमा रेस्ट्रोकपेक्टिभ भन्ने रुलिङ भइसकेको कुरामा लाग्ने हो कि, अब हुने कुरामा लाग्ने हो भन्ने कुराको सर्वोच्च अदालतले जवाफ दिनुपर्ने बताईन् ।

उनले भनिन्–“दलको ह्वीप लाग्ने-नलाग्ने भन्नेमा रेस्ट्रोकपेक्टिभ भन्ने रुलिङ भन्ने छ, यो रुलिङ भइसकेको कुरामा लाग्ने हो कि, अब हुने कुरामा लाग्ने हो ? यसमा सर्वोच्च अदालत आफू क्लियर होला, तर यसको व्याख्यामा पनि फरक छ, विविधता छ, त्यसमा पनि जवाफ चाहिन्छ ।”

यो प्रतिवेदनमा दलको कानून व्यवसायीहरुबाट नभएर प्रोफेसरहरुबाट, कानून विज्ञहरुबाट इन्डिपेन्डेन्ड समूहहरुबाट व्यापक छलफल गर्नुपर्ने माग राखिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);