राष्ट्रपति भण्डारीप्रति लगाइएका आरोप र शब्दहरुप्रति राष्ट्रिय सभा सदस्य घिमिरेद्धारा खेद प्रकट | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

राष्ट्रपति भण्डारीप्रति लगाइएका आरोप र शब्दहरुप्रति राष्ट्रिय सभा सदस्य घिमिरेद्धारा खेद प्रकट

काठमाडाैं । राष्ट्रिय सभा सदस्य विमला घिमिरे राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लगाइएका भ्रमपूर्ण आरोप र प्रयोग गरिएका शब्दहरुप्रति खेद प्रकट गरेको छ । मंगलवार राष्ट्रिय सभाको विशेष समयमा घिमिरेले यथार्थ कुरा जनतालाई बुझाउने आफ्नो दायित्व भएको भन्दै यस्तो बताएको हो ।

परमादेशका माध्यमबाट सरकार प्रमुख तोक्नु, दलीय व्यवस्थामा दलको ह्वीप लाग्दैन भन्नु, दुनियाँको इतिहासमा नभएको अभ्यास गरिएको बताए । आफ्नो चिन्ता कोही व्यक्ति सिंहदरवार छिर्नु र बाहिरिनु नभएको भन्दै उनले जनताले वर्षौंसम्म व्यवस्थाका निम्ति गरेको बलिदानलाई धरापमा पारी संविधानको भावना बिपरित् अर्थ लगाउने र कसैका निहित स्वार्थपूर्तिका लागि न्यायालयलाई प्रयोग गर्नु आफ्नो चिन्ता भएको बताए ।

उनले भने, “राष्ट्रपतिप्रति लगाइएका आरोप र प्रयोग गरिएका शब्दहरुप्रति म खेद प्रकट गर्दछु, परमादेशका माध्यमबाट सरकार प्रमुख तोक्नु दुनियाँमा नियम छैन, दलीय व्यवस्थामा दलीय ह्वीप लाग्नदैन, हाम्रो चिन्ता कोही व्यक्ति सिंहदरवार छिर्नु र बाहिरिनु होइन, तर जनताको बलिदानले आएको व्यवस्था संविधानको भावना बिपरित् अर्थ लगाउने र कसैको निहित स्वार्थपूर्तिका लागि न्यायालयलाई प्रयोग गर्नु हाम्रो चिन्ता हो ।

उनेले सरकारको प्राथमिकतामा जनतालाई जग्गा दिने, जग्गा वितरण गर्ने नपरेको तर बालुवाटार जग्गा प्रकरणका दोषीहरुले धमाधम उन्मुक्ति पाएकोमा आफ्नो चिन्ता रहेको गुनासो गरे।
उनले भने, “सरकारको प्राथमिकतामा जनतालाई जग्गा दिने र जग्गा वितरण गर्ने पर्दैन, तर बालुवाटार जग्गा प्रकरणका दोषीहरुले धमाधम उन्मुक्ति पाउँदैछन्, के यसकै लागि बनाइएको हो परमादेशको सरकार ?” जनताले बलिदान दिएर ल्याएको व्यवस्थामाथिको प्रहार नेकपा एमालेले टुलुटुलु हेरेर नबस्ने उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);