देशका यी स्थानहरुमा भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

देशका यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको छ।

अहिले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा  प्रदेश नं १ तथा बागमती प्रदेशका एक-दुई स्थान  र गण्डकी, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी  भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply