के हुँदैछ पेट्रोलियम पाइपलाइन विस्तार कार्य ? | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

लामो समयदेखि चर्चामा रहेको मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तार कार्य अगाडि बढाइने भएको छ। इन्डियन आयल कर्पोरेसनले यसका लागि आवश्यक पर्ने सबै काम अन्तिम चरणमा पुरयाएसँगै विस्तार कार्य अगाडि बढ्न लागेको हो।

आइओसीले कन्स्ट्रक्सन, पाइप उत्पादन, पम्प हाउस (विद्युतीय सामान) र इन्स्टुमेसन गरी चार खण्ड गरेर काम गरिसकेकाले विस्तारको काम अगाडि बढ्न लागेको नेपाल आयल निगमले जानकारी दिएको छ।

निगमका अनुसार,
-पाइपलाईन बिस्तारको काम अगाडि बढ्न लागेको छ।
-आइओसीले आफ्नो तर्फबाट सबै तयारीको काम गरिरहेको छ।
-आगामी नोभेम्बर भित्र पाइप भित्रिसक्ने छ।
-अनि विस्तारको काम अगाडि बढ्ने छ।

अमलेखगन्जदेखि पथलैयासम्म सडकको बाटोमा १२ हजार रुख काट्नुपर्ने अध्ययनले देखाएको छ। बाटोमा पर्ने ८ सय ९ बटा सबजुलीको पोल हटाउनुपर्ने छ। ९२ सय वटा हटाइसकिएको छ।

पहिलो चरणमा मोतीहारीबाट रक्सोलसम्म ३५ र रक्सोलबाट अमलेखगन्जसम्म ३७ गरी ७२ किलोमिटर पाइपलाईन बिच्छ्याइने छ। दोस्रो चरणमा चितवनसम्म विस्तार गर्न आइओसी तयार भएको निगमले जनाएको छ। आजको कारोबारमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);