झापा, ८ कार्तिक । झापामा एक महिलाको डेंगुको संक्रमणबाट मृत्यु भएको छ।
मंगलबार झापाको अर्जुनधारा नगरपालिका ७ निवासी ३६ वर्षकी सुनिता अधिकारी बरालको डेंगुका कारण मृत्यु भएको हो।
उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ । डेंगुले ग्रषित भएकी उनलाई ५ गते अस्पतालमा भर्ना गरिएको थियो।
झापाको बिर्तामोडमा मात्रै ३०० बढी डेंगु संक्रमित रहेका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।