निर्वाचनसम्बन्धी सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण गर्न आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

निर्वाचनसम्बन्धी सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण गर्न आयोगको आग्रह

nirbachan aayog

काठमाडौँ, कात्तिक ७ । निर्वाचन आयुक्त इला शर्माले स्वच्छ र सत्यतथ्य समाचार सम्प्रेषणबाटै लोकतन्त्र संस्थागत हुने भएकाले निर्वाचनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेकी छन् ।

राजधानीबाट प्रकाशन तथा प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्मममा निर्वाचन विषयमा कार्यरत सञ्चारकर्मीका लागि सञ्चालित ‘निर्वाचन र सञ्चार’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उनले नेपालमा व्यावसायिक पत्रकारिताको विकास भइरहेको हुँदा निर्वाचनको संवेदनशीलताबारे पत्रकारलाई पर्याप्त ज्ञान रहेको बताइन् ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र मर्यादित तरिकाले सम्पन्न गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले आयोगले विभिन्न तालीम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

सो अवसरमा आयुक्त नरेन्द्र दाहालले जनमत निर्माण तथा मतदातालाई सुसूचित गर्ने काममा सञ्चारमाध्यमबाट सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण गरिनुपर्नेमा जोड दिए ।

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले जिम्मेवारीबोधका साथ सत्य र तथ्यमा आधारित निर्वाचनमैत्री सूचना निष्पक्ष रूपमा सम्पेषण गर्न सहभागी पत्रकारलाई आह्वान गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले स्थानीय तहको निर्वाचनमा जस्तै आगामी निर्वाचनमा पनि स्वस्थ र मर्यादित ढंगले निर्वाचनसम्बन्धी सूचना संकलन र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारमाध्यम तयार रहेको बताए ।

प्रशिक्षणमा राजधानीबाट प्रकाशन तथा प्रशारण हुने नर्वाचन बीटमा कार्यरत पत्रकारमध्ये ६० जना पत्रकारको सहभागिता रहेको थियो ।