काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन लोकप्रिय बन्दै गएको बताएका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दे ओलीले वर्तमान सरकारले ऐतिहासिकरुपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुदै गएको बताएका छन् ।
बिमिस्टेक, लगानी सम्मेलन लगायत अन्तराष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको समेत प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुदै जाँदमा पार्टीभित्र भित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरु व्यवहारमा भद्धा ढंगले प्रकट हुदै आएको प्रधानमन्त्री ओलीको टिप्पणी रहेको छ ।
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वको दुई बर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरु भएको दाबी गरे । पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरु जालझेल, षडयन्त्र,तिकडमका साथ गुटबन्दिमा क्रियाशिल भएको प्रधानमन्त्रीको जिकिर छ ।
पार्टीभित्र पार्टी सञ्चालनका लागि अबैध सम्झौता गर्नुपर्ने अवस्था श्रृजना गरिएको भन्दै ओलीले गुटबन्दीमा संलग्न केही व्यक्तिका क्रियाकलापका कारण पार्टी असहज, असामान्य स्थिति र दुर्घटनातर्फ जादैछ भन्ने स्थिति सम्म श्रृजना भएको उल्लेख गरेका छन् । उनले पार्टी भित्रैको एक समुहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफुलाई साधरण सदस्यता पनि नरहने गरि निष्कासन गरेको समेत स्मरण गराएका छन् ।
पार्टी भित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरु बन्न नदिएर अल्झाउने काम भएपछि आफुले संसद विघटन गरेको उल्लेख गर्दे प्रधानमन्त्री ओलीले प्रतिनिसिभा पुर्नस्थापना पछिको पहिलो दिनको संसद बैठकमा भएका क्रियाकलापको थप चर्चा समेत गरे ।