बिपी कोइराला प्रतिष्ठानका पदाधिकारीको राजीनाम माग गर्दै संघर्ष समितिले गर्यो तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

बिपी कोइराला प्रतिष्ठानका पदाधिकारीको राजीनाम माग गर्दै संघर्ष समितिले गर्यो तालाबन्दी

bp koirala pratisthan dharan

काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संयुक्त संघर्ष समतितिले प्रतिष्ठानका पदाधिकारीको तत्काल राजीनाम माग गर्दै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले बुधबार प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा ताला तालाबन्दी गरेका हुन् । प्रतिष्ठानका चिकित्सक स्वास्थ्यकर्मीको बढुवा तथा भत्ताका विषयहरु र प्रतिष्ठानमा भएका अनियमितताका घटना तत्काल छानबिनको माग गर्दै उनीहरु असार १ गतेदेखि आन्दोलनमा रहेका छन् ।

आन्दोलनरत स्वास्थ्यकर्मीले प्रतिष्ठानका असक्षम सम्पूर्ण पदाधिकारीको राजीनामा हुनुपर्ने, प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले नै उच्चस्तरीय वार्ता टोलीको गठन गर्नुपर्ने र आगामी दिनमा पदाधिकारी चयन हुँदा विभिन्न आयोग तथा विज्ञहरुले दिएको सुझाव अनुसार विशिष्टिकृत, तथा विज्ञहरुको समूह बनाई उक्त समुहले सिफारिस गरेको व्यक्तिमात्र चयन हुनुपर्ने जस्ता माग गर्दे आन्दोलनमा उत्रेका हुन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);