एजेन्सी । क्रोएसिया र अर्मेनियाबीचको खेल बराबरीमा सकिएको छ ।
मंगलबार राति भएको क्रोएसियाले अर्मेनियाबीचको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरी सकिएको हो । घरेलु मैदानमा खेलको २४ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, खेलको ७२ औं मिनेटमा एन्गुलोले गोल गर्दै अर्मेनियालाई १–१ गोलको बराबरीमा फर्काए ।
युरोकप फुटबलको तयारीमा लागि क्रोएसियाले मैत्रीपूर्ण खेल खेलेको हो । क्रोएसिया युरोकपको समूह ’डी’ मा रहेको छ । इंग्ल्यान्डसँगै जुन १३ मा खेल्दै क्रोएसियाले युरोकपको सुरुवात गर्नेछ । त्यसैगरी गएराति नै भएको अर्को मैत्रीपूर्ण खेलमा पोल्याण्डले रुससँग १–१ गोलको बराबरी खेलेको छ ।