चितवन राष्ट्रिय निकुञ्जमामा एक सैनिक मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

चितवन राष्ट्रिय निकुञ्जमामा एक सैनिक मृत अवस्थामा फेला

चितवन। चितवन राष्ट्रिय निकुञ्जमामा एक सैनिक मृत अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियन पोखराका हवल्दार गगनबहादुर शाही मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाका अनुसार उनको शव मंगलबार बिहान राप्ती किनारमा फेला परेको हो । डीएसपी थापाका अनुसार शाही निकुञ्जस्थित सेनाको खड्ग दलमा विशेष अप्रेसनका लागि खटिएको बताइएको छ । शाहीका परिवारले भने घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

उनीहरुले प्रहरीमा उजुरी दिएको र अहिले छानबिन भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);