कोरोना नियन्त्रण नभएसम्म निर्वाचन निष्पक्ष हुन सक्दैन : राप्रपा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

कोरोना नियन्त्रण नभएसम्म निर्वाचन निष्पक्ष हुन सक्दैन : राप्रपा

raprapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना नियन्त्रण नभएसम्म स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने बताएकोक छ । आइतबार राप्रपाले एक विज्ञप्ति सार्वजकि गर्दे कोरोना नियन्त्रण नभएसम्म स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसकेन बताएको हो ।

राप्रपाको जारी प्रेश विज्ञप्तिमा भनिएको छ ,‘कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ । यस्तो डरलाग्दो महामारीबीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको छ। कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निषपक्ष चुनाव हुन सक्दैन ।

राप्रपाले सरकारलाई निर्वाचन्दा भन्दा पनि राज्यको सम्पूर्ण साधन सा्रेत खर्चिएर कोरोना महामारी नियन्त्रणमा जुट्न समेत अपिल गरेको छ । त्यस्तै, संसद विघटनको कारक भने सत्तारुढ एमालेको आन्तरिक विवाद र प्रमुख विपक्षी दलको अकर्मण्यता भएको राप्रपाको भनाइ छ। ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);