बिहे भएको पाँच दिनपछि बेहुला बेपत्ता ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

काठमाडौं, कात्तिक १ । बिहेलगत्तै बेहुला हराएपछि आफन्तहरु चिन्तित भएका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका-५ मैदानका ३० वर्षीय बेहुला हरिप्रसाद भट्टराई विवाह भएको पाँच दिनपछि असोज २२ गते दिउँसो सन्धिखर्कबाट बेपत्ता भएका थिए।

हराएको आठ दिन भइसक्दा पनि उनको बारेमा कुनै जानकारी आउन नसकेको आफन्तले बताएका छन् । बेहुला र बेहुलीका आफन्तले प्रहरी प्रशासन र नागरिक समाजलाई खोजिदिन अपिल गरेका छन्।

सोही गाउँपालिका–४ पटौटीकी २१ वर्षीय विष्णु घिमिरेसँग असोज १६ गते भट्टराईको विवाह भएको थियो । बेहुला नवलपरासीको डेढ मावि डेढगाउँमा निमावि तहमा गणित विषयका स्थायी शिक्षक हुन्। उनी आफन्त लगायत कसैको सम्पर्कमा नभएको उनका दाजु रेणुकान्त भट्टराईले गुनासो गरे। आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);