पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा हुने ६ हजार ८ सय ९१ संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार २ सय ३ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २० हजार २ सय ८६ पीसीआर परीक्षणमध्ये ८ हजार १ सय ३६ संक्रमित र ६ सय ९३ परीक्षणमध्ये ६७ संक्रमित गरी जम्मा ८ हजार २ सय ३ मा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये भक्तपुरमा २ सय २१, ललितपुरमा ३ सय ६५ र काठमाडौंमा २ हजार ४९ गरी काठमाडौंं उपत्यकामा २ हजार ६ सय ३५ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ । हाल नेपालमा एक लाख १४ हजार ५ सय २९ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ९६ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ११ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);