मकवानपुर । मकवानपुरमा निषेधाज्ञा लागुभएदेखि हालसम्म निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय ५८ सवारी साधन कारबाहीमा परेका छन् ।
मकवानपुरमा बैशाख २० निषेधाज्ञा लागु भए यता निषेधाज्ञा उल्लघंन गर्ने २ सय ५८ सवारी साधनलाई जरिवानासहित कारबाही गरिएका छन् ।
त्यसैगरी २ हजार ३ सय ३८ सवारीलाई होल्ड राखी छोडिएका छन् । त्यस्तै निषेधाज्ञाको समयमा माक्स नलाई हिड्ने ५ हजार ८ सय २१ जनालाई सम्झाइबुझाई छोडिएको छ भने ५ सय २८ जनालाई संक्रामक रोग ऐन २०२० अन्र्तगत जरिवाना सहित कारबाही गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने ३२ जनालाई कारबाही गरिएको छ भने ६५ जनालाई सम्झाईबुझाई छोडिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।त्यस्तै कोरोना जित्नेको संख्या ४ हजार ३ सय ७२ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।
जिल्लामा हाल २ हजार १ सय १७ सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २ हजार १२ जना संक्रमित घरमा र १ सय ५ जना संस्थगत आइसोलेसनमा उपचाररत रहेका छन् ।