पोर्चुगल र स्पेनको छुट्टाछुट्टैजंगलमा भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

काठमाडौँ, ३१ असोज । पोर्चुगलका दुई छुट्टाछुट्टै जंगलमा भएको भीषण आगलागीमा परी ३१ जनाको ज्यान मृत्यु भएको छ। पोर्चुगलको उत्तरी सीमा क्षेत्रमा रहेको स्पेनिस क्षेत्र गालिसिया क्षेत्रको जंगलबाट आगलागी फैलिएको हो। यस्तै पोर्चुगलको मध्य क्षेत्रमा रहेको जंगलमा पनि आगलागी भएको छ। यसले गर्दा कम्तिमा ३१ जनाको ज्यानगएको तथा धेरै मानिस घाइते भएको पोर्चुगलका नागरिक सुरक्षा अधिकारीले बताएका छन्।

गर्मी मौसम रहेकाले गर्दा आगलागी तीब्र गतिमा फैलिएको हो। अहिले आगो नियन्त्रणमा लिनका लागि हजारौं अग्नि नियन्त्रक खटिएका छन्। आगलागी फैलिएको उत्तरी पोर्चुगलको तागुस नदी क्षेत्रमा आपतकालिन अवस्था घोषणा गरिएको छ।

यो क्षेत्रमा आगो निभाउनका लागि ६ हजार भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन्। पोर्चुगलका कोइम्ब्रा, गुएर्डा, कास्तेलो ब्रान्का र विसेउ क्षेत्रमा बढी प्रभाव परेको छ। यस्तै पोर्चुगलसँग सीमा जोडिएको स्पनेको क्षेत्रमा आगलागी भएको छ। आगलागीका कारण बाटो बन्द भएको छ। आगलागी फैलिएको क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम पनि भइरहेको पोर्चुगल तथा स्पेनका अधिकारीले बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);