आयोगमा एमालेको बन्दसूचीः उम्मेदवारबारे स्थायी समिति सदस्य नै अनविज्ञ | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

काठमाडौँ, ३० असोज । एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसद्का उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ।

बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो। नेता माधवकुमार नेपाल निकट नेताहरुले बैठक छलेर हतारमा सूची तयार पार्न खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए।

शीर्ष नेताहरुको असन्तुष्टिपछि सोमबार र मंगलबार छलफल गरेर सूचीमा नाम र क्रमसंख्या तलमाथि गर्न सकिने सहमतिका साथ प्रदेश संयोजकमार्फत तयार भएको प्रारम्भिक नाम राखेर एमालेले आयोगमा बन्दसूची बुझाएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।