प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : म्यादी प्रहरीका लागि मात्रै ५ अर्ब खर्च | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

काठमाडौँ, २९ असोज । आगामी मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ। करिब एक लाखको संख्यामा म्यादी भर्ना गर्ने भएपछि खर्च पाँच अर्ब रुपैयाँभन्दा बढी भएको हो।

आम निर्वाचनमा यति धेरै संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको यो पहिलोपटक हो। अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दुई महिनाका लागि एक जना म्यादी प्रहरी भर्ना गर्दा त्यसको खर्च कम्तीमा पनि ५० हजार रुपैयाँ लाग्छ। आजको नागरिक दैनिकमा खबर छ।