एमालेले कोरोनाविरुद्धको लडाईंमा स्वयंसेवक खटाउने | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

एमालेले कोरोनाविरुद्धको लडाईंमा स्वयंसेवक खटाउने

काठमाडौं । नेकपा एमालेले कोरोनाविरुद्धको लडाईंमा पार्टी कमिटी र जनप्रतिनिधिलाई स्वयंसेवकका रुपमा खटाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले सो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘स्थानीय तहमा जनचेतना फैलाउन, क्वारेन्टिन बनाउन, विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्न, विरामीलाई अस्पतालसम्म लैजाने काममा सहयोग गर्न स्थानीय तहमा स्वयंसेवकका रुपमा खटाउने निर्णय भएको छ । ’देशभरका आफ्ना कार्यकर्तालाई कोरोनाविरुद्धको लडाईंमा हात मिलाउन आग्रह गरिएको उनले बताए ।

विगतमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारको राम्रो काम गरेको निष्र्कष बैठकले निकालेको उनले बताए । सरकारले कोरोनाविरुद्धको खोप लगाउने अभियान थालेको पनि उनले स्मरण गराए । अहिले पनि कोरोना रोकथामलाई अझ प्रभावकारी बनाउनेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);