काठमाडाैं । एमाले नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढेसगै नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको हो ।
नेपाल पक्षले पार्टीको स्थापना भएको दिन बैशाख ९ गते विशेष कार्यक्रमसहित भव्यताका साथ मनाउने तयारी गरेको थियो । मंगलबार एमाले नेता योगेश भट्टराईले काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएको सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कारण रोक्नु परेको भन्दै विज्ञप्ति मार्फत उल्लेख गरेका छन ।
विज्ञाप्तिमा कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भएको जनाइएको छ । नेकपा एमाले प्रचार विभागद्वारा जारी विज्ञप्तिमा संक्रमण नफैलिएका जिल्लाहरुमा भने जारी स्वास्थ्य मापदण्डको पालना गरेर कार्यक्रमहरु गर्न सबैमा आग्रह गरिएको छ ।