प्रदेश नं. १ को हिँउदे अधिवेसन अन्त्य | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

प्रदेश नं. १ को हिँउदे अधिवेसन अन्त्य

काठमाडौं । प्रदेश नं. १ प्रदेशसभाको सातौं अधिवेशनको अन्त्य भएको छ । आइतबार राति १२ बजेबाट लागु हुने गरी प्रदेश १ को हिँउदे अधिवेसन अन्त्य गरिएको हो ।

मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अधिवेसनको अन्त्य गरेका हुन् । संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार मध्यरात १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

प्रदेश सभाको हिँउदे अधिवेसन गएको माघ ७ गते बोलाइएको थियो ।

मुख्यमन्त्ती शेरधन राईविरुद्ध अविश्वस प्रस्ताव समेत दर्ता भएको थियो । तर सो पछि प्रदेश सभा बैठक पटक पटक स्थगित हुँदै आएको हो । गएको फागुन २७ गते सर्वोच्चले नेकपा एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि भने प्रदेशसभाबाट अविश्वास प्रस्ताव फिर्ता भएको थियो ।

आज चलिरहेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);