काठमाडौँ, २७ असोज । अमेरिकापछि इजरायल पनि संयुक्त राष्ट्र संघको सांस्कृतिक संगठन युनेस्कोबाट बाहिरिने भएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युनेस्कोबाट अलग हुने तयारी शुरु गर्न विदेश मन्त्रालयलाई निर्देशन दिएका छन्।
यसअघि अमेरिकाले युनेस्कोलाई इजरायल विरोधी भएको आरोप लगाउँदै त्यसबाट हटेको थियो । अमेरिकाले युनेस्कोलाई पक्षपाती भएको आरोप लगाएको थियो । उसले युनेस्को आर्थिक बोझ भएकाले यसमा सुधार गर्नुपर्ने बताएको थियो।
इजरायलका प्रधानमन्त्री नेतन्याहूले विज्ञप्ति जारी गर्दै अमेरिकाको यो निर्णयलाई ‘बहादुर’ र ‘नैतिकता’का संज्ञा दिएका थिए। युनेस्कोले विश्वभरका सम्पदा सूचीको पहिचान गर्दै आएको छ। एजेन्सी