सकुनीले जसरी दोश्रो पटक पासा फाल्ने काम नगर्न प्रधामन्त्रीलाई सांसद गिरीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

सकुनीले जसरी दोश्रो पटक पासा फाल्ने काम नगर्न प्रधामन्त्रीलाई सांसद गिरीको आग्रह

काठमाडौं, ३० चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले दोश्रो पटक पनि संसद भंग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सकुनीले जसरी दोश्रो पटक पासा फाल्ने काम नगर्न प्रधामन्त्रीलाई आग्रह गरेका हुन् । उनले सकुनीले जस्तो दोश्रो पटक पासा फ्याकेर संसद विघटन गर्ने दिशामा अघि नबढ्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

गिरीले संसदलाई पुरा कार्यकाल काम गर्न दिने अवस्था श्रृजना गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय नीतिलाई आफ्नो तजबीजको कुरा नमानिकन संसदका प्रत्येक पार्टीले उठाएका र नागरिक समाजले उठाएका ज्वलन्त सवाललाई सम्बोधन गरी नयाँ उचाई प्राप्त गर्न पनि सुझाव दिनुभयो ।

गिरीले भने “जालझेल गरेर सकुनीले पासा फ्याके जस्तो गरेर दुवारा पासा फ्याकेर , सकुनीले दुई पटक पासा फ्याकेका थिए । एकपटकको पासालाई द्रौपतिको प्रतिउत्तर निरस्त्र गरेको थियो । दुवारा पासा फ्याकेर फेरि पाण्डवलाई जंगल पठाए जस्तो संसद विघटन गर्ने दिशामा कृपया नगईदिनोस । ”

व्यवस्था र व्यक्ति फरक कुरा भएको भन्दै व्यवस्थामा भएका त्रुटीलाई व्यक्तिले सहि नियतका साथ परिष्कार र परिमार्जन गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद नै भंग गरेको टिप्पणी गरे ।

उनले “ संसदको अंंकगणितलाई वरपर पार्न खोज्ने खालका सकुनीका गोटी पनि फ्याकिने छन् । गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ रु” भनेका थिए ।

सभामुखलाई समेत विश्वासमा लिन नसकेको भन्दै सांसद गिरीले विभिन्न समयमा र परिस्थितिका राजनीतिक असन्तुष्टीहरु थपिदै आएर चरम राजनीतिक संकटको रुपमा देखापरेको टिप्पणी गरे । अरुलाई दोषारोपण गर्नु भन्दा आफै भित्र चिन्तन गरेर संकटको घडीमा सबै एक भएर राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए । म मेरै गोरुको बाह्रै टक्का भन्ने अडानबाट पछि हटेर सबै विकल्पहरुमा गम्भीर छलफल र परामर्श गरी निर्वाचनमा जाने भएपनि राष्ट्रिय सहमतिको चुनावी सरकार बनाउन लाग्नुपर्नेमा उनले जोड दिए ।

गिरीले २०४७ सालको जस्तो संविधान वा चुच्चे नक्सा जस्तो अवस्था संविधानको नबनाउन ध्यानाकर्षण गराए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);