गृहमन्त्रीले राजीनामा दिए हुन्छः अध्यक्ष राणा | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

काठमाडौँ, २६ असोज । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ ।

पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले दिनदहाडै राजधानीमा व्यवसायी मारिएपछि पदमा बसिरहन नमिल्ने भन्दै गृहमन्त्री शर्माको राजीनामा माग गरेका हुन् । बिहिबार भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्दै उनले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या भएपछि जनताको सुरक्षामा गृहमन्त्री संवेदनशील नदेखिएको पुष्टि भएको दाबी समेत गरेका छन् ।

यसअघि हिजो माउन्टेन टेलिभिजनसँग कुरा गर्दै अध्यक्ष राणाले माओवादीले विपक्षी दल एमालेसँग मिलेर वाम गठबन्धन बनाएकाले वर्तमान सरकारमा बस्ने नैतिक आधार गुमाएको टिप्पणी समेत गरेका हुन् । उनले अन्तमा अब दुई राप्रपा पार्टी एक हुने उल्लेख गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);