जनमोर्चाका तीन सांसदले जोगाए गण्डकी सरकार | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

जनमोर्चाका तीन सांसदले जोगाए गण्डकी सरकार

काठमाडौं, २६ चैत । गण्डकी प्रदेश सरकारलाई अपदस्थ गरेर विपक्षी गठबन्धन नबनाउने राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाले बताएका छन् । बुधबार माओवादी केन्द्रका दुई मन्त्रीले गण्डकी प्रदेश सरकारबाट राजीनामा दिएका थिए । एमालेका पृथ्वीसुब्बा गुरुङ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

माओवादी मन्त्रीहरुले सरकार त्यागे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादी मन्त्रीहरुले सरकार छाडे पनि पृथ्वी सुब्बाको सरकार खतरामुक्त रहेको छ । जनमोर्चाले विपक्षी गठवन्धनमा नजाने भन्नासाथ गण्डकी सरकार जोगिएको हो । एमालेका २८ जना सांसद छन् ।

जनमोर्चाका तीनजना सांसद छन् । जनमोर्चाको समर्थन यथावत रहँदा पृथ्वी सुब्बाको पक्षमा ठ्याक्कै बहुमत पुग्छ । बुधबार माओवादीले विपक्षी गठबन्धन बनाएर मुख्यमन्त्री हटाउन चाहेको संकेत आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर दिएको थियो । तर, निर्णायक भूमिकामा रहेको जनमोर्चाका सांसदहरुले मुख्यमन्त्रीको साथ नछोड्ने भएका छन् ।

कृष्ण थापा भन्छन्– ‘हामी यही सरकारको निरन्तरताको पक्षमा छौं ।’ सांसद थापाले भने – ‘विपक्षी गठबन्धनमा गएर मन्त्री हुने लोभ हामीलाई छैन, हाम्रो समर्थन एमालेलाई कायमै छ । बन्न मन लाग्यो भने मलाई एमालेले तत्कालै मन्त्री बनाइदिन्छ । तर, म पदको नभएर विचारको राजनीति गर्छु ।’

थापाका अनुसार माओवादीले गठवन्धन बनाउन चाहेको अवस्थामा पनि नयाँ मुख्यमन्त्री कसलाई बनाउने भन्ने सहमति हुन सम्भव छैन । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५ र माओवादीका १२ सांसद छन् । त्यसैगरी जनता समाजवादी पार्टीका दुई सांसद छन् ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);