काठमाडाैं, १८ चैत । उपत्यकाको सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको छुटै टोली परिचालन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार एक कार्यक्रम गरी उपत्यकाको सडक व्यवस्थापनका लागि कोरिडोर सडक व्यवस्थापन टोली (सिएमटी) परिचालन गर्ने जनाएको हो ।
करिडोरलाई चौबिस खण्डमा बिभाजित गरि कोरिडोर क्लियरेन्सको लागी १७ टोली गठन गरि परिचालन गरिने भएको छ । टोलीको पहिचानको लागी ट्राफिक प्रहरी सीएमटी लेखिएको ज्याकेट लगाएर १५ वटा मोटरसाइकलबाट ३० जनाले नियमित अनुगमन गर्नेछन् ।
मुख्य सडकको चोक, जक्सनको क्यूमा बस्नुपर्ने बिकल्पको रुपमा कोरिडोर सडक प्रयोग गरि समय तथा इन्धनको समेत वचत हुने अपेक्षा ट्राफिक प्रहरीले गरेको छ ।