एजेन्सी, १६ चैत । मोजाम्बिकको उत्तरी सहर पाल्मामा आतंकवादी हमला हुँदा दर्जनौँको मृत्यु भएको बताइएको छ । इस्लामिक लडाकुले गरेको आक्रमण परेर उनीहरुको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार ७ जना होटेलमा लुक्न खोज्दा गोली लागेर मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
घटनास्थलमा हात र टाउको छुट्टिएको अवस्थामा शवहरू भेटिएको जनाइएको छ । करिब ७५ हजार मानिसको बसोबास रहेको पाल्मामा कति मानिस घाइते भए भन्ने यकिन अझै भइनसकेको अधिकारीहरूले बताएका छन् । त्यहाँका मानिसलाई सुरक्षित स्थानतर्फ लैजाने काम भइरहेको बताइएको छ ।
मोजाम्बिक रक्षा विभागका प्रवक्ता ओमार सारंगाले सयौँको संख्यामा अन्य विदेशीसहित नागरिकलाई उद्धार गरिएको बताएका छन् । उनका अनुसार इस्लामिक लडाकुले सहरमा बुधबारदेखि आक्रमण गरेका थिए ।