अन्तत: ग्रिनकार्डधारी पाइलटले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

काठमाडौँ, २५ असोज । नेपाल वायुसेवा निगममा महिनाको १० लाख रुपैयाँ तलब खाइरहेका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पाले राजीनामा दिएका छन्। सानो आकारको चिनीयाँ जहाजका प्रशिक्षक पाइलट उनले केही दिनअघि राजीनामा दिएका हुन्।

निगम व्यवस्थापनका उच्च अधिकारीहरुको मिलेमतोमा कर्मचारी विनियमावली विपरीत अमेरिकी ग्रिनकार्ड होल्डर शेर्पालाई विज्ञताको नाम दिएर प्रतिमहिना १० लाख रुपैयाँ तलब दिँदै चार बर्षका लागि नियुक्त गरिएको नागरिक दैनिकले गत साउन पहिलो साता खुलासा गरेको थियो।

उनको नियुक्तिबारे निगमभित्रै व्यापक आलोचना भएको थियो। आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार